‘चिसो एस्ट्रे’ मा शहरिया युवा बन्ने संघर्ष (भिडियो)

फिल्म । गाउँबाट शहर प्रवेश गरेसँगै शहरिया बन्न एक यूवाले गर्ने विभिन्न क्रियाकलाप समेटेर तयार गरिएको फिल्म ‘चिसो एस्ट्रे’ जेठको १६ गतेबाट रिलिज हुनेभएको छ । आधुनिक बन्न खोज्दा आफैलाई मानिसले कसरी गुमाउँछ भन्ने कथा देखाउन खोजिएकी फिल्मलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् ।

यसअघि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका दिनेशले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई यसपटक पर्दामा प्रस्तुत गरेका छन् । ‘ गाउँबाट शहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छौ तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ’ उनले भने ,’आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’

यसमा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र श्रृष्टी श्रेष्ठलाई पर्दामा देख्न सकिन्छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित यस फिल्मलाई महेशबाबु तिमिल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् ।यसमा उज्जल बस्ताकोटीको छायांकन, उज्जवल ढकालको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्