सपना, लक्ष्य र संघर्षको मिश्रण ‘धुलो’ (भिडियो)

फिल्म । पछिल्लो समय कन्टेन युक्त फिल्म दर्शकको रोजाईमा पर्दै आएका छन् । किनकी दर्शकले फिल्ममा मनोरंजनसंगै विषयवस्तु पनि रुचाउने गरेका छन् । यस्तै कन्टेन बोकेको फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । प्रद्युम्न मिश्र निर्देशित फिल्ममा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ । यही फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बालगायत फिचर्ड छन् ।

जीवनयापन गर्न गाडा चलाउनेको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको फिल्ममा निर्देशक मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका रहेको निर्माण टिमले बताएको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह-निर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन ।

कमेन्ट गर्नुहोस्