विवाह गर्ने तयारीमा कमल र मेलिना

संगीत। गायक कमल खत्रीले गायिका मेलिना मैनालीसँग विवाह गर्ने भएका छन्। प्रेमिका गायिका मेलिना मैनालीसँग इन्गेजमेन्ट (टिकाटालो) को जानकारी सार्वजनिक गर्दै गायक खत्रीले विवाह गर्न लागेको जानकारी दिए । ‘हामीले विवाह गर्ने निर्णय लिएर नै टिकाटालो गरेका हौँ । छिटै गुड न्युज पाउनु हुनेछ’ गायक खत्रीले भने ।

सामाजिक सञ्जाल मार्फत उहाँले आफ्नो इन्गेजमेन्ट भएको जानकारी आइतबार दिनु भएता पनि यो केहि दिन अगाडी भएको उनले बताए । ‘हामीले दुवै परिवारको उपस्थितिमा केहि दिन अगाडी टिकाटालो गरेका थियौं । सार्वजानिक भए आज गरेका हौँ’ गायक खत्रीले बताए ।

आफ्नो परम्परा र रितिरिवाज अनुसार टिकाटालो गरेपछि गायक खत्रीले जीवनमा नयाँ अध्यायको सुरुवात भएको उल्लेख गरेका छन् । ‘जीवनमा नयाँ अध्यायको सुरुवात निकै सुखद पक्ष हो । उनी (मेलिना) को माया र साथ् सधैँ पाइरहुँ’ गायक खत्रीले उल्लेख गर्नु भएको छ । विवाह पनि छिटै नै गर्ने सोच उहाँहरुको छ ।

कमेन्ट गर्नुहोस्