संगीत । गायक युवराज चौलागाईं नयाँ गीत लिएर बजारमा आएका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर युवराजले नयाँ गीत ‘मल मल सारी’ लिएर दर्शक तथा श्रोता माँझ आएका हुन् । स्वर तथा संगीत युवराजको रहेको गीतमा शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकले संयुक्त रुपमा लेखेका छन् ।
सार्वजनिक गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज स्वयम् फिर्चड छन् । सुदिप बरालले खिचेको भिडियो सम्पादन अर्जुन जिसीले गरेका छन् । भिडियो निर्देशन कविराज गहतराजले गरेका छन् । केहि दिन अगाडी बालाजुमा सेट लगाएर गीतको छायांकन गरिएको हो ।
कमेन्ट गर्नुहोस्










