फिल्म । पछिल्लो समय फिल्मनगरीमा चर्चामा रहेको जोडीमा पर्छन् निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी । यी दुइ विवाह बन्धनमा बाधिए देखि नै चर्चामा छन् । यी दुइले पहिलोपटक स्क्रीन शेयर गरेको गीत ‘कुटुमा कुटु’ निकै लोकप्रिय भयो । त्यसपछि यी दुइलाई स्क्रिनमा हेर्न चाहनेको सख्या पनि बढ्यो । डेब्यु फिल्म ‘होस्टेल रिटन्स’ मै सम्भावना देखाए पनि स्वस्तिमाको चर्चा भने निश्चलसँगको सम्बन्धपछी मात्र चुलियो । पछिल्लो समय घामड शेरेमा यो जोडी भेना र सालीको रुपमा प्रस्तुत हुदैछ ।
निश्चलसँग ठुलो पर्दामा देखिदै गरेकी स्वस्तिमा निकै आशावादी छिन । ‘फिल्म सोसल ड्रामा हो र यसले दर्शकलाई मनोरन्जनात्मक शैलीमै संदेश दिन्छ’ स्वस्तिमाले भनिन् । उनि निश्चलसँग काम गर्दा सहजता पनि महसुस गर्छिन् । ‘नेपालमा हाम्रै धेरै कथा र पात्र छन् त्यस मध्यकै एक हो घामड शेरे’ उनले भनिन् । निश्चल पनि शेरेलाई घामड यहि समाजले बनाएको बताउछन् । ‘हाम्रै परिस्थितिले हामीलाई घामड बनाउछ’ उनले भने ,’यो आवाज उठाउनेको कथा हो ।’ फिल्ममा निश्चलले लापरवाहीका कारण बाढीले खेतमा कटान गर्दा एक किसान वा जग्गा धनिले भोग्नु पर्ने पिडालाई चित्रण गरेका छन् ।
फिल्ममा लेखन तथा निर्देशन हेमराज विसीको छ । लभ स्टोरी फिल्म गर्दै आएका हेमले सम्बोधन , ग्यांगस्टार ब्लुज जस्ता फरक फिल्म पनि गरेका छन् । तर यी फिल्मलाई उनको होस्टेल , जेरी , गाजलु जस्तो दर्शकको साथ मिलेन । यसपटक सोसल ड्रामालाई लिएर आएका हेम आशावादी छन् । ‘फिल्म हेरिरह्दा आफ्नै छरछिमेकको कथा जस्तो लाग्छ’ उनले भने । यसै फिल्मको जानकारी दिने क्रममा निश्चलले आउँदो फिल्म ‘दिमाग खराब’ मा पनि स्वस्तिमासँग जोडी बाध्न लागेको बताए । निश्चलले आफ्नो ब्यानरमा ‘दिमाग खराब’ दर्ता गरिसकेका छन् ।

फिल्मको निर्देशन सिमोस सुनुवारले गर्दैछन् । उनले यो फिल्ममा आफ्नो जोडीको रुपमा स्वस्तिमा हुने पनि खुलाए । ‘पहिला यो फिल्म म आफैंले निर्देशन गर्न लागेको थिएँ । फिल्मका लागि कथा पनि तयार भइसकेको थियो । तर, पछि म आफैंलाई फिल्मको कथाले छुन सकेन । अनि, त्यसलाई पोको पारेर फ्यालिदिएँ । अब सिमोस सुनुवारले नयाँ कथामा फिल्म बनाउँदै हुनुहुन्छ । त्यसमा म र स्वस्तिमा लिड रोलमा हुनेछौं ’ उनले भने । फिल्मलाई निश्चलले निर्माण गर्नेछन् ।










