फिल्म । भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माले नयाँ व्यवसायमा प्रवेश गरेका छन् । उनकी पत्नी गिन्नी चतरथसँग मिलेर कपिलले क्यानडामा ‘द केप्स क्याफे’ खोलेका छन् । हालै धूमधामसँग उद्घाटन गरिएको यो क्याफेका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
‘द केप्स क्याफे’को इन्स्टाग्राम ह्यान्डलमार्फत सेयर गरिएका तस्बिरहरूमा क्याफेका विभिन्न झलकहरू देखिन्छन्, जहाँ ग्राहकहरू किनमेलका लागि लामबद्ध भएका छन् । कपिलले सन् २०१८ को डिसेम्बर १२ मा आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका थिए । उनीहरूका दुई सन्तान छन् । नयाँ व्यवसायमा प्रवेश गरे पनि कपिलले आफ्नो मनोरञ्जन करिअरलाई निरन्तरता दिने बताएका छन् । हाल उनको ‘द ग्रेट इन्डियन कपिल सो’ नेटफ्लिक्समा स्ट्रिम भइरहेको छ ।
कमेन्ट गर्नुहोस्