फिल्म । साउथ इण्डियन फिल्म निर्देशन गर्दै आफुलाई निर्देशक बनाएका एस.एस. राजामौली पछिलो समय भारतकै निर्देशकको सुचीमा अग्रपंक्तिमा पर्दछन । बाह्रौं फिल्म ‘आरआरआर’ निर्देशन गरिरहेका उनले बाहुबली सिरिज मार्फत आफ्नो परिचय र क्षमतालाई विश्व माँझ परिचित गराए । यिनले बाहुबली सिरिज मार्फत धेरै नै रेकर्ड बनाएका छ , जुन सबैलाई थाहा छ । तर , यिनले त्यो भन्दा अगाडी पनि धेरै नै रेकर्ड बनाएका थिए ।
उनले बनाएका फिल्मले दर्शकको मन मात्र होइन समिक्षकको पनि आशा पुरा गर्ने गरेको थियो । यिनै राजामौली आज अक्टुबर १० बाट ४७ औ वर्षमा प्रवेश गरेका छन् । सन् १९७३ को अक्टुबर १० मा जन्मिएका उनले १२ औ फिल्मको निर्देशन गर्दै गर्दा आफ्नो छुटै पहिचान स्थापित गरिसकेका छन् ।
राजामौलीले सन् २००१ मा ‘स्टुडेन्ट नम्बर १’ मार्फत डेब्यु गरेका थिए । जुनियर एन्टीआर अभिनित फिल्मलाई दर्शकले रुचाएका थिए । उक्त वर्ष तेलुगु भाषामा निर्माण भएको फिल्ममा यसले सबैभन्दा बढी व्यापार गरेको थियो । १ करोड ८० लाखमा निर्मित फिल्मले १३ करोडको हाराहारीमा मुनाफा कमाउन सफल भएको थियो । यसपछि उनको फिल्म उनको फिल्म सुपरहिट र ब्लकबष्टर नै रहे ।

सन् २००९ मा उनले निर्देशन गरेको फिल्म हो ‘मगधीरा’ । यो फिल्मलाई उक्त वर्षको साउथ इण्डियन फिल्मनगरीमै सबैभन्दा बढी कमाउने फिल्मको रुपमा लिइन्छ । फिल्ममा राम चरण र काजोल अग्रवालको अभिनय रहेको थियो । उनको करियरमा हिट फिल्मको रुपमा २ वटा फिल्म मात्र छन् । उनले निर्देशन गरेको साई र मर्यादारमण मात्र हिट छन् भने चार वटा फिल्म सुपरहिट छन् । उनले निर्देशन गरेको फिल्ममा ‘मख्खी’ लाइ पनि विशेष रुपमा लिने गरिन्छ ।
झिँगाले बदला लिने कथामा आधारित फिल्म सुपरहिट भएको थियो । यसरी राजामौलीले एकपछी अर्को खुड्किलो पार गर्दै आफुलाई सफल बनाएका हुन् । उनले निर्देशन गरेको बाहुबली साउथ इण्डियन फिल्मनगरीकै हिट भएको थियो भने यसको सिक्वेल रिलिज भएको वर्षको अल इण्डिया हिट भएको थियो । यसरी हेर्ने हो भने उनले बाहुबली अगाडी नै आफ्नो रेकर्ड बनाइसकेका थिए । तर , त्यसलाई अगाडी ल्याउने काम भने ‘बाहुबली’ सिरिजले नै गरेको हो । (एजेन्सी)










