फिल्म । सन् २०१७ कि मिस वर्ल्ड २०१७ मानुषी छिल्लरकोबलिउड डेब्युलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । उनले एक्टर रणवीर सिंहसंग डेब्यु गर्दैछिन भन्ने खबर केहि समय आगाडी मिडियामा आएको थियो । तर , यी विश्वसुन्दरी खिलाडी एक्टर अक्षय कुमारसंग डेब्यु गर्ने भएकी छिन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण हुने पृथ्वीराज चौहानको बायोपिकमा अक्षय भईसकेका छन् । फिल्मलाई चन्द्रप्रकास द्विवेदीले निर्देशन गर्ने भएका छन् । फिल्ममा अक्षय र मानुषीको जोडी हुने खबर आउने वितिकै अक्षयका फ्यान उत्साहित देखिएका छन् । अक्षयले यस अगाडी पनि सन् २००० की मिस वर्ल्ड प्रियंका चोपडासंग पनि पहिलो पटक अनस्क्रिन रोमान्स ‘अन्दाज’ फिल्ममा गरेका थिए ।
कमेन्ट गर्नुहोस्