युवा संयोजकमा हिमालको उम्मेदवारी

देश । प्रवासी जीवन त्यति सरल र सहज छैन । काम र ब्यापारको चटारो अनि व्यस्त जीवन यात्रा । जीवनको यस्तो भोगाई भित्र पनि प्रवास रहनु भएका नेपालीहरूको लागि सोच्न सक्नु र उनिहरूको हक अनि हितको पक्षमा संस्थागत रूपमा नै लाग्नु भनेको कम जांगर, उत्साह र उमंगको कुरा होइन । केबल धनकै पछी लागेर मन र साथ गुमाउनेहरूको जिबनमा यसले खासै महत्व राख्दैन ।

त्यसो त विदेशी जीवन भोग्नेहरू सबै नेपाल र नेपालीलाई छोडेर अनि धनकै पछी मात्र लाग्छन भन्ने पनि छैन । मन कमाउन सकेमा धन कमाउन गारो छैन र साथ अनि आफ्नोपन र कसैले क्याबात भन्नु भनेको धनभन्दा कम हुंदैन भनेर यो कुरालाई मनन गर्दै प्रवासी जीवनलाई अगाडि बढाइरहेका एक नेपाली यूबा हुन हिमाल गुरुङ । नाम जस्तै उनको सोच, भोगाई र उद्देश्य पनि अटल देखिन्छ । त्यसैले त बिगत १३ वर्षदेखी हल्याण्डमा रहेका नेपालीहरू माझ मात्र नभएर विदेशीहरु माझ पनि हिमालले आफ्नो शान,मान र उपस्थिति दरो बनाईरहेका छन ।

नेपालको सुन्दर शहर पोखरामा जन्मेर विधार्थीको रूपमा हल्याण्डतिर हानिएका हिमाल वर्षको ३,४ पटक नेपाल आउने गर्छन । नेपाल र नेपालीको लागि केही गरिसकेका र थप केही गर्दै र आगामी दिनमा धेरै गर्ने योजनामा पनि छन उनि । यिनै मिहेनती, मिजासिला र असल ब्यबहारका कारण चिनिएका हिमालले यस पटक काठमान्डौमा अक्टोबर १५-१७ मा हुने गैह्र आबासीय नेपाली संघको बिश्व सम्मेलनमा युवा संयोजकको पदमा उम्मेदवारी दिने भएका छन ।

‘ यो पदमा यतिबेला साथीहरूले मलाई उपयुक्त ठान्नु भएको छ’ उनि भन्छन् ‘उँहाहरूकै साथ, सहयोग र बचनका कारण उठ्न लागेको हुँ ।’ गैह् आवासीय नेपाली संघसंग हिमालको नाता र साथ लामै छ । उनले गैह् आवासीय नेपाली संघ नेदरल्याण्डको सदस्य, उपाध्यक्ष र अध्यक्ष हुंदा निर्वाह गरेको भूमिका स्मरणीय छ । उनि अहिले पनि आइ सि सी सदस्य हुन ।

उनले एकैपटक पद हुत्याएका थिएनन् । क्रमश बिश्वास जित्दै र केही गर्दै अगाडि बढेका हिमाल पुराना र नयाँ पुस्ताबिच देखापरेको खाडल पुर्नु पर्ने कुरा बताउँछन । ‘प्रवासमा रहेका दोस्रो पुस्तालाई नेपाल र नेपालीको बिकास र बिस्तारका लागि मात्र नभएर बिदेशमा सिकेको सिपलाई स्देशमा लैजानु पर्ने आजको आबश्यकता हो । म यो कुरालाई बलियो रूपमा अगाडि बढाउने छु’ हिमालले भने ।

कमेन्ट गर्नुहोस्