नेप्सेमा करेक्सन

देश । गत सोमबार ३ हजारको विन्दु पार गर्दै माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियाे । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ ।

मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो । बुधबार भने ३ हजार भन्दा तल झर्नुको कारण नेपाल धितोपत्र बोर्डले मंगलबार सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भन्नुलाइ मानिएको छ । लगानीकर्ताले धितोपत्र बोर्डकै कारण प्यानिक सेल भएको बताईरहेका छन् । बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ । काराेबार रकम भने १५ अर्ब ४८ कराेड रुपैयाँ माथि पुगेको थियाे ।

कमेन्ट गर्नुहोस्