‘भारत’ पनि शुक्रबार

फिल्म । पछिल्लो समय नेपालमा विदेशी फिल्म रिलिज जथाभावी हुन् थालेपछि चलचित्र विकास बोर्डले शुक्रबार यता कुनै फिल्म रिलिज गर्न नपाउने प्रावधान ल्याएको छ । गत महिना रिलिज भएको फिल्म ‘कलंक’ नेपालमा शुक्रबार रिलिज भयो , तर त्यो फिल्म भारतमा बुधवार नै रिलिज भएको थियो । फिल्म रिलिज गर्न नपाएपछि वितरक नै कुर्लिए । उनीहरुले आफ्नो खुसि रिलिज गर्न नपाउदा ठुलै चलखेल समेत गर्न खोजे । तर , फिल्म शुक्रबार मात्र रिलिज भयो । त्यसपछि सबैको आँखा बलिउडकै ठुलो फिल्म ‘भारत’ मा अडिएको थियो । अब यो पनि शुक्रबार मात्र रिलिज हुने भएको छ ।

विदेशी विदा अनुसार नेपालमा फिल्म रिलिज हुने मनोमानी बढेपछि यतिबेला बोर्डले शुक्रबार बाहेक अन्य दिन फिल्म रिलिज गर्न नपाइने निर्देशन दिएको छ । विदेशी फिल्म वितरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न हल संचालक तथा वितरकहरु भारत रिलिज हुन्छ, हुनुपर्छ भन्दै क्याम्पेनिङ शुरु गरिसकेका छन् । खुल्ला व्यापार नीतिमा कसैलाई निषेध गर्न पाईदैन । तर, नेपाली फिल्मको अस्तित्व सकाएर विदेशी फिल्मलाई प्रोत्साहन गर्न नसक्ने पनि सुचना तथा संचार प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले बताएका छन् ।

‘काननु विपरितका काम बाहेक नेपाली फिल्मको विकासमा काम गर्न बोर्ड सक्षम छ’ उनले भने । यता बोर्डले अब नेपाल तथा हिन्दी दुवै फिल्म शुक्रबार नै रिलिज गर्न दिने सोच बनाएको छ । ‘नेपाली फिल्मको हितका लागि सदैव म अगाडी हुन्छ’ बोर्ड अध्यक्ष केशव भट्टराई भन्छन् ‘फिल्मकर्मी साथ् र सल्लाह अनुसार नै कार्यविधि अगाडी बढ्नेछन् ।’ अहिले बोर्डले दुबै संघलाई सहमतिमा आउन र सबै फिल्म शुक्रवार मात्रै रिलिज गर्न सुझाएको छ । तर दुई संघ बैठकमा बस्न सकिरहेको छैन । यस अगाडी फिल्म रिलिज गर्ने विषयमा वितरक तथा हल संचालकको संस्था चलचित्र संघ र निर्माताहरुको संस्था निर्माता संघले आपसी सम्झौता गरेको थियो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली फिल्मको हितमा हुने कार्यको लागि चलचित्र संघलाई पनि मितव्यी हुन् आग्रह गरे ।

कमेन्ट गर्नुहोस्