कस्तो छ सलमान र प्रियंकाको सम्बन्ध ?

फिल्म । सलमान खान पछिल्लो समय फिल्म ‘भारत’ को काममा व्यस्त छन् । गत वर्ष रिलिज भएको फिल्म ‘रेस ३’ ले सफलता नपाएपछि उनले यसलाई अझै राम्रो बनाउन मेहनत गरिरहेका छन् । उनकै प्रिय निर्देशक अलि अब्बास जफरलाई उनले फिल्मलाई छिटो छरितो बनाउन सल्लाहह दिएका छन् । यस अगाडी सलमानले अलिसँग सुल्तान र टाइगर जिन्दा है मा काम गरिसकेका छन् । फिल्ममा सलमानको अपोजिटमा कट्रिना कैफ छिन । तर कट्रिना सलमानको पहिलो रोजाई थिइनन् ।

टाइगर जिन्दा है पछी सलमानले भारतमा प्रियंका चोपडालाई कास्ट गर्ने सोच बनाएका थिए । उनको ईच्छा बुझेपछि अलिले प्रियंकासँग कुरा गरेर फाइनल पनि गरे । तर , शुटिङको लागि केहि समय बाँकी रहदा प्रियंकाले विवाहको कारण देखाउदै फिल्म गरिनन् । त्यसपछी सलमान र प्रियंकाको सम्बन्ध चिस्किएको भन्ने चर्चा चल्न थाल्यो । किनकी बलिउडका भाइजानसँग सबैले स्क्रिन शेयर गर्ने ईच्छा राखेका हुन्छन , जहाँ प्रियंकाले नो भनिन् । त्यसपछि प्रियंका र सलमानको विभिन्न गसिप मिडियामा आए तर यतिबेला यी दुईको सम्बन्धमा सुधार आइसकेको छ ।

बलिउडकि देसीगर्ल प्रियंका चोपडाले सलमानसँगको सम्बन्धलाई सुधार्दै उनलाई आफ्नो रिसेप्सनमा बोलाएकी थिइन् । जहाँ सलमान पुगेका थिए । सलमान त्यहाँ पुग्नु कारण उनि बहिनि अर्पित पनि भनिन्छ । किनकी प्रियंकाले अर्पितासँग सम्पर्क टुटाईनन् र बलिउडका भाइजानले आफ्नी बहिनिसँग अत्यधिक माया गर्छन । फिल्मका निर्देशक अलिले पनि फिल्म फेयर म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा भारत टिम र प्रियंकाको सम्बन्ध राम्रो रहेको बताएका छन् । ‘त्यससमयमा हामी रिसाउनु स्वाभाविक थियो किनकी हामी शुटिङमा जाने अन्तिम समय थियो’ अलिले अन्तर्वार्ताको क्रममा भनेका छन् ‘तर प्रियंकाको विवाहको कारण थाहा पाएपछि हामीले त्यसलाई मनमा लिएनौ ।’

कमेन्ट गर्नुहोस्