निर्देशक प्रकाश झा नेपाल आउने

फिल्म । बलिउडका प्रख्यात लेखक तथा निर्देशक प्रकाश झा नेपाल आउने भएका छन् । बलिउडमा प्याट्रोटिक फिल्म बनाउने निर्देशकमा पर्ने झाले वृतचित्र , छोटा फिल्म पनि निर्माण तथा निर्देशन गरेका छन् । उनि आउँदो फेब्रुअरीमा हुने तेस्रो अन्तराष्ट्रिय नेपाल फिल्म फेस्टिभलमा सहभागी हुन् नेपाल आउन लागेका हुन् । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारा सहित आयोजना हुने फेस्टिभलमा कथानक फिल्मको निर्णायक मण्डलको नेतृत्व झाले गर्नेछन् ।

फेस्टिभलमा ४० देशका ८० फिल्म देखाइनेछ । दर्ता आह्वान गरिएकोमा ५५ देशको ६०० फिल्मले आवेदन दिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुने महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शहरी विकास राज्य मन्त्री रामवीर मानन्धर , वरिष्ठ फिल्मकर्मी नीर शाह , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , माननीय सांसद तथा गायिका कोमल ओली , कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का , निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा सहित फिल्मकर्मीको उपस्थिति रहेको थियो । फागुन १ देखि ५ सम्म चल्ने महोत्सवले नेपाली फिल्मलाई टेवा पुर्याउने महोत्सवका अध्यक्ष केपी पाठकले बताए ।

कमेन्ट गर्नुहोस्