फिल्म । पछिल्लो समय चर्चामा रहेको फिल्म मध्य एक हो ‘एभेन्जर्स : इण्ड गेम’ । मर्भालको यो फिल्मको लोकप्रियता विश्वभर उत्तिकै छ । त्यसमा पनि यो सिरिजलाई क्याप्टेन अमेरिका अर्थात क्रिस इवान्सको अन्तिम फिल्म भनिएको छ । उनको क्याप्टेन अमेरिकाको सम्झौता सकिएकोले यसपछि सायद फिल्ममा देखिनेछन् । यस्तै विविध कारणले गर्दा फिल्म चर्चामा छ ।
यस फिल्ममा धेरै नै सुपरहिरो छन् , जस मध्यका एक हुन् हल्क अर्थात मार्क रुफ्फालो । फिल्म प्रमोसनको क्रममा मिडियासँग कुराकानी गर्ने क्रममा उनले क्लाइमेक्सको लागि ५ टेक दिएको बताए । ‘हामीले क्लाइमेक्समा ५ टेक दियौ त्यो पनि फरक फरक तरिकाबाट’ उनले कुराकानीकै क्रममा भने ‘हामीलाई दिइएको स्क्रिप्टमा त्यस्तो थिएन तर किन यस्तो गराइयो अझै थाहा छैन ।’ फिल्ममा उनि रिसाएपछी शक्तिशाली बन्ने भूमिकामा देखिदै आएका छन् , जसलाई हल्क भनेर चिनिन्छ ।
(एजेन्सी)









