संगीत । पछिल्लो समय पत्रकारिता हुँदै अभिनयमा पुग्ने पर्याप्त छन् । यसै शिलशिलामा रङ्ग पत्रकार दिप्सन लुइँटेलले पनि पत्रकारिता हुँदै म्युजिक भिडियोमा आफुलाई प्रस्तुत गरेका छन् । सार्वजनिक गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत ‘किन किन’ मा उनि मोडलको रुपमा फिचर्ड छन् । गत शनिबार युट्युबमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा पुरुषोतम न्यैपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा दिप्सनसँगै दिपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसीको अभिनय रहेको छ । भिडियोमा बाल कलाकारको रुपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन् । राजिव समर साहयक निर्देशक रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
भिडियोमा छोराले आफ्नो श्रीमतीको कुरा सुनेर आफ्नो आमा बाबुलाई बृद्धाआश्रमसम्म पुर्याएको देखाइएको छ । निर्देशक थापाले अहिले नेपालमा भइरहेको वास्तविक कथालाई भिडियोमा उतारिएको बताए । त्यस्तै गायक सोनाहाङ राई आफू गीतबाट निकै आशावादी भएको बताएका छन् ।










