कृष्ण लीला : पुष्पलाई पछुतो लाग्ने त्यो घट्ना …

फिल्म । अटिजमको शिकार भएकाहरुलाई बुझ्न नसक्दा पागल , बहुला लगायतका शब्द समेत प्रयोग गर्ने गरिन्छ । एकोहोरो , आफ्नै शैलीको तथा सामान्य भन्दा फरक हुने भएकाले अटिजम पिडित सहजै समाजको हिस्सा बन्न सकिरहेका छैनन् । यी सब बारे अभिनेता पुष्प खड्काले फिल्ममा अभियन् गर्ने भएपछि थाहा पाए । त्यस अगाडी उनलाई अटिजम बारे खासै जानकारी थिएन । पछिल्लो फिल्महरु मंगलम , मारुनी मार्फत अभिनय क्षमतालाई प्रस्ट्याईसकेका पुष्प आउँदो फिल्म ‘कृष्ण लीला’ मा अटिजमको शिकार भएका युवकको भूमिका निर्वाह गरेका छन् ।

यसको तयारी गर्ने क्रममा पुष्पले अटिजमलाई बुझ्ने प्रयाश गरे । दुई हप्तासम्म आफ्नो कोठामा ४ वर्षकी भान्जीसँग फिल्मको पात्र अनुसार हाउभाउ देखाउँदा पुष्पकी बहिनी डराएकी थिइन् । यसपछि, बहिनीले आमालाई फोन गरेर दाई बिरामी भएको खबर पुर्याइन् । पुष्पले क्यारेक्टर एडप्ट गर्दा केहि लाउड भएको बताए । ‘आफूलाई क्यारेक्टरमा ल्याउँदा अलि बढी भएछ । बहिनि डराइन किनकी मैले आफ्नो भूमिका बारे बताएको थिइनँ’ पुष्पले भने ।

त्यस्तो त पुष्पले एक अटिजमको शिकार भएका युवालाई पनि बुझ्ने मौका पाएका थिएँ । निकै संघर्ष पश्चात उनलाई ती अटिजम पिडित युवाको परिवारले भेट्ने अवसर दिएका थिए । ‘मैले धेरै रिक्वेस्ट गरेपछि ती युवालाई भेट्न पाए । उनलाई भेटेपछि अझै केहि प्रस्टीए’ उनले भने । त्यसो त पुष्पसँग अटिजमसँग जोडिएको नमिठो घटना पनि छ । उनी सानै छदा उनका एक मामालाई अटिजम भएको रहेछ । तर , त्यसबारे पुष्प र उनको आमालाई थाहा थिएन ।

पुष्पको घर र मामाघर लगभग ५ घण्टाको दुरीमा छ । त्यसबेला उनका मामा आइरहन्थे । उनी नर्मल थिएनन् । ‘मामाको बारेमा धेरै कुरा हामीले बुझ्न सकेका थिएनौ । किनकी हामीलाई अटिजम बारे थाहा थिएन । त्यसैले मामा सामान्य हुनुहुन्थेन्’ उनले भने । पुष्प मामा दिनरात जुनै समयमा पनि आइरहने बानीले चकित पनि थिए । किनकी उनको मामा अन्य जस्तो सामान्य थिएनन् । व्यवहार पनि अलग थियो । ‘मामाले कसैलाई हानी नपुर्याउनु भनेर आमाले एकदिन मलाई मामालाई धकेलेर घर तर्फ पठाउन लगाउनु भयो । मामाको एकोहोरो जिद्दीपना अस्वाभाविक थियो । तर ,उहाँ अटिजमको शिकार हुनुहुन्थ्यो भन्ने हामीलाई थाहा थिएन’ उनले भने ।

अटिजम पिडितको भूमिका गर्ने भएपछि उनले यसलाई नजिकबाट बुझे । अहिले पनि उनलाई त्यो कुराले रिग्रेट फिल हुन्छ । ‘मलाइ मामालाई आमाले भन्ने वितिकै किन धकाले भनेर पछुतो लाग्छ । अटिजमको बारेमा बुझेपछि झनै रिग्रेट हुन्छ’ उनले भने । फिल्म मार्फत उनीहरुको संसारमा अरु पनि अटाउन सक्ने देखाइएको उनले बताए । ‘हामीले ती अटिजमको शिकार भएकाहरुलाई गरिरहेको व्यवहार मितव्ययी छैन कि ? हामीले उनीहरु नबुझेका हौँ कि ? धेरै तथ्य छन्’ उनले भने । फिल्म हेरेर समाज र परिवारले अटिजमका शिकार भएकालाई गर्ने व्यवहारमा परिवर्तन आएमा त्यसलाई सफलता ठान्ने उनले बताए ।

यद्दपि फिल्ममा मनोरन्जनात्मक तरिकाले फिल्मी शैलीमा कथा भनिएको लेखक लक्ष्मण सुवेदीले बताए । रंग पत्रकारसँगै फिल्म निर्देशक समेत रहेका सुवेदीले फिल्म काल्पनिक भएको बताए । ‘फिल्मको आइडिया निस्किएपछि डेभलप भएको कथा काल्पनिक हो । यसलाई हामीले समाजसँग जोड्ने प्रयाश गरेका छौँ । फिल्ममा मनोरंजनसँगै केहि संदेश पनि छन् । तर , फिल्म पूर्ण मनोरन्जनात्मक छ’ उनले भने । लेखक सुवेदीले दर्शकले हलमा धेरै सरप्राइज पाउने संकेत गरे । ‘हामीले ट्रेलरमा देखाएको जस्तो कथा नहुन् पनि सक्छ । किनकी हामीले केहि तथ्य फिल्म हेर्दा खुल्ने गरी पनि राखेका छौँ । यहाँ प्रेम , द्वन्द्व , ड्रामा सबै छन्’ उनले भने । लेखक सुवेदीले हलसम्म फिल्म हेर्न पुगेका दर्शकको समय र पैसाको पूर्ण सदुपयोग हुने बताए ।

निर्देशक दीपक ओलीले फिल्मको स्टोरी डेभलप भएपछि पुष्पको क्यारेक्टर अटिजमको शिकार भएको अनुसारको बनाएको बताए । ‘मैले गाउँमा पनि अटिजम पिडितलाई देखेको छु । समाज उनीहरुसँग डराउछन् । तर हामीले उनीहरुलाई बुझ्नु पर्छ । उनीहरुको संसार हाम्रो भन्दा फरक होला तर उनीहरु हामी भन्दा फरक छैनन्’ उनले भने । केहि अटिजम पिडित घरको घरमै रहँदा बाहिरी संसारबाट अनविज्ञ रहेको समेत उनले बुझेका छन् ।

‘एक जना अटिजम पिडितलाई घरको घरमै राखेकोले हिड्न समेत नआउने पाएँ । हामीले उनीहरुलाई बुझिरहेका छैनौ । परिवार र समाजले बुझ्नै पर्छ । हामीले प्रोटागोनिष्टको कथा भन्दा उसलाई अटिजमको शिकार भएको क्यारेक्टरको रुपमा डेभलप गर्यौं । किनकी फिल्म मास मिडिया हो’ निर्देशक ओलीले भने । पुष्प भने क्यारेक्टरलाई लिएर निकै सजग थिएँ । अटिजम पिडितको छुटा छुटै गुण अवगुण हुने हुँदा अरुसँग नमिलोस् भन्नेमा उनले सतर्कता अपनाए ।

यहिँ फिल्म मार्फत डेब्यु गर्ने श्रद्धा क्षेत्री पहिलो फिल्ममै परिपक्क टिम पाउँदा उत्साहित छिन् । डेब्यु फिल्म भनेर छायांकन समेत गरेर रोकिएपछि यसअगाडी निराश बनेकी श्रद्धालाई फिल्म रिलिज हुँदै गरेको समयले उत्साहित बनाएको छ । ‘फिल्म रिलिज हुँदैछ । अभिनय मेरो प्यासन हो । त्यसैले निकै उत्साहित छु’ उनले भनिन् । ‘कृष्ण लीला’ मा पाएको टिमले उनलाई झनै उत्साह थपेको छ । ‘मैले राम्रो टिम पाए । नयाँ हुँदाहुदै पनि मलाइ सिकाउदै लानु भयो । त्यसैले मैले मेरो साइडबाट लीलालाई एडप्ट गर्न शतप्रतिशत कोसिश गरेकी छु’ श्रद्धाले भनिन् । मोडलिङ हुँदै फिल्म आइसकेकी श्रद्धा यसमै भविष्य देख्छिन् । ‘लीला टिपिकल नेपाली लेडी हो । उसलाई बुझ्न त फिल्म नै हेर्नु पर्छ । यद्दपि फिल्ममा सिम्पल लेडी लीलासँगै पुलिस अफिसरको भूमिकामा समेत देख्नु हुन्छ’ उनले भनिन् ।

डेब्यु फिल्ममा पुष्प जस्तो को-स्टार पाउँदा काम गर्न सहज भएको उनले बताइन । ‘मैले कति कुराहरु काम गर्दै जाँदा सिके । पुष्पको कोपरेटले मलाई सजिलो भए । किनकी मेरो धेरै दृश्य उसैसँग छ । एउटा भर्खरै फिल्ममा भविष्य देख्ने श्रद्धालाई पुष्प सहित निर्देशक , अन्य को-स्टारहरुको सहयोगले आफूलाई लीला बनाउन सहयोग गर्यो’ श्रद्धाले भनिन् । पुष्प पनि फिल्मको सार्वजनिक गीतसंगीतले पाएको सफलताले दंग छ । टिकटक लगायतका भिडियो साइटमा उनको फिल्मको दुई गीत कुनै दिन यस्तो पनि र अटल वाचा गरे लोकप्रिय भइसकेका छन् ।

‘सार्वजनिक गीतलाई दर्शकले रुचाएपछि झनै आशावादी भएको छु । क्यारेक्टरलाई लिएर म मा आएको परिपक्वतालाई पर्दामा उतार्ने प्रयाश गरेको छु । त्यसैले गीतसंगीतले हल सम्म तानेको दर्शकलाई फिल्मले निराश बनाउदैन’ उनले भने । त्यसो त पछिल्लो समय दर्शक हलसम्म नै पुग्न जाँगर गरिरहेका छैनन् । सार्वजनिक प्रचार सामग्रीकै प्रभाव भन्न सकिन्छ , हलमा दर्शकको अभाव । तर , पुष्प सहित टिम भने गीतसंगीतले दर्शक तान्नेमा विश्वस्त छन् ।

‘हुन् त दर्शक हलसम्म आउने वा नआउने उहाँकै स्वतन्त्रता हो । तर , नेपाली फिल्मलाई हलसम्म पुगेर मुल्यांकन गरिदिए राम्रो मेकर्सले प्रोत्साहन पाउने छन् । पछिल्लो समय केहि राम्रा कथा र मेकर्स समेत दर्शक हलमा नआउँदा निराश बनेका छन्’ पुष्पले भने । निर्देशक ओली पनि फिल्म हलसम्म दर्शक ल्याउन् मेकर्सले मेहनत गर्नुपर्ने बताउछन् । ‘फिल्म के कस्तो छ ? त्यो त हेरेपछि थाहा होला तर हलमै फिल्म हेर्न नआउनु सबैको असफलता हो’ निर्देशक ओलीले भने ।

उनले फिल्म हेर्ने दृष्टिकोण सबैको आ-आफ्नो हुने भएकाले फिल्म हेरेर मात्र मुल्यांकन गर्न आग्रह गर्छन् । त्यसो त नेपाली फिल्मसँग जोडिएको विविध विधामा कमल चलाउदै आइरहेका लेखक सुवेदी यसलाई दर्शक भएर हेर्दा पनि सन्तुष्टी मिलेको बताउछन् । ‘रंग पत्रकारिताको यात्राले मेकर्स मात्र बन्न दिदैन । दर्शक भएर हेर्दा पनि फिल्ममा सम्पूर्ण पक्ष छ । ट्रेलर र गीतले आकर्षित गरेको छ भने फिल्मले निराश बनाउदैन’ उनले भने ।

आरआर फिल्मस् प्रोडक्शनको व्यानरमा निर्मित फिल्म ‘कृष्ण लीला’ मा मा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ,रबिन्द्र झा , हिउँवाला गौतम,नवीन रेग्मीलगायत कलाकारले अभिनय गरेका छन् । शिव ढकालले खिचेको फिल्ममा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । फिल्मको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

कमेन्ट गर्नुहोस्