कहिले आउँछ भारतको ट्रेलर ?

फिल्म । बलिउडका भाइजान सलमान खान अभिनित फिल्म ‘भारत’ को टिजर सार्वजनिक भइसकेको छ । जसलाई सलमानका फ्यानले निकै रुचाएका छन् । अलि अब्बास जफर निर्देशित फिल्म यसै वर्षको इदमा दर्शकले हेर्न पाउनेछन् , जसमा सलमान विभिन्न गेटअपमा छन् । सार्वजनिक भइसकेको टिजरमा फिल्मको टाइटललाई प्रस्ट्याईएको छ भने सलमानले नै न्यारेट गरेका छन् ।

फिल्ममा उनले भारतलाई प्रस्ट्याएका छन् । टिजरमा सलमानको भिन्न भिन्न लुक्सलाई देखाइएको थियो । टिजरपछी सलमानको ट्रेलर हेर्न फ्यान आतुर छन् । सामाजिक सञ्जाल मार्फत ट्रेलरलाइ लिएर विभिन्न चर्चा भएपछी निर्देशक अलिले ट्विट गर्दै जानकारी दिएका छन् । उनका अनुसार फिल्मको ट्रेलरलाई दर्शकले अप्रिलको तेस्रो हप्तामा हेर्न पाउनेछन् भने यसको ट्रेलर तयार भइसकेको छ । केहि दिन अगाडी मात्र ट्रेलर हेरेर सलमानले आफु खुसि रहेको र फ्यानलाई मन पर्ने बताएका थिए । फिल्मलाई लिएर भाइजानका फ्यान निकै उत्साहित छन् ।

‘भारत’ कोरियन फिल्म ‘ओड टू माई फादर’ मा आधारित रहेको बताइएको छ । टिजरमा दबंग खानलाई मात्र प्राथमिकता दिइएको छ । अरु कोही कलाकार अटेका छैनन् । ‘भारत’ मा वरुण धवनले केमियो रोल गरेका छन् । सलमान र निर्देशक जफरको भने यो तेस्रो सहकार्य हो । कट्रिना कैफ, सुनील ग्रोवर, दिशा पाटनीको पनि फिल्ममा लिड रोल छ । तर , कट्रिनाले टिजरमा एक फ्रेम मात्र पाएकी छिन् ।

कमेन्ट गर्नुहोस्