असारमा विवाह गर्दै आयंका

154 Shares

फिल्म । अभिनेत्री प्रियंका कार्कीले प्रेमी आयुष्मान डिएस जोशीसँग यसै वर्ष औठी साटासाट गरिन् । त्यपछि विवाहको चर्चा सुरु भयो , यो प्रेमिल जोडीको । प्रेम जीवनलाइ इन्गेजमेन्टपछी विवाहमा परिणत गर्ने योजनामा रहेका छन् , आयंका । त्यसो त यिनको विवाह बैशाखमा हुने चर्चा पनि नचलेको होइन तर अब यो जोडीले असारमा विवाह गर्ने भएका छन् । आउँदो असारको पहिलो साता विवाह बन्धनमा बाधिने तयारीमा छन् , आयंका । पछिल्लो समय फिल्म , म्युजिक भिडियो र एडसँगै आयंका फाउन्डेसनको काममा व्यस्त यो जोडीले असारको समय भने खाली गरेका छन् ।

‘असारमा हामी विवाह गर्दैछौ तर डेट भने फाइनल भइसकेको छैन्’ प्रियंकाले भनिन् ‘हामी डेट फाइनल हुने वितिकै घोषणा गर्नेछौ ।’ उनले डेट तय नभएता पनि पहिलो साता भने नकार्न सकिनन् । अर्थात यो जोडी असारको १ वा ९ गते विवाह बन्धनमा बाधिने सम्भावना छ । आयंकाले अभिनय गरेको पछिल्लो फिल्म ‘प्रेम दिवस’ आउँदो जेठ ३१ मा प्रदर्शन हुदैछ ।

Facebook Comments