नयाँ फिल्मको तयारीमा जुटे आमिर

फिल्म । बलिउडका मिस्टर पर्फेक्निस्ट आमिर खान नयाँ फिल्मको तयारीमा जुटेका छन् । पछिल्लो रिलिज फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत दर्शक र समिक्षकको नकारात्मक टिप्पणी पाएका आमिर केहि समय अध्यनमा व्यस्त थिए । केहि समयको विश्रामपछी उनि नयाँ फिल्मको तयारीमा जुटेका हुन् । उनले हलिउड फिल्म ‘फरेस्ट गम्प’ रिमेक गर्ने सोच बनाएका छन् ।

एकेडेमी अवार्ड सहित दर्शकको मनमा समेत बस्न सफल फिल्मको रिमेकको प्रक्रियालाई आमिरले स्टार्ट गरिसकेको खबर भारतीय मिडियामा छ । उनले अब आफुलाई केहि फरक अवतारमा प्रस्तुत गर्ने सोच बनाएर अगाडी बढिरहेका छन् । त्यसो त उनले गजिनी २ को लागि पनि सोच बनाइरहेको खबर बेला बखतमा आउने गरेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्