यी जोडीका लागि खास छ , दीपावली

बलिउड । यतिबेला दीपावलीले सबैलाई छोईसकेको छ । हिन्दुहरुकोको ठुलो पर्वको रुपमा लिइने दीपावलीलाई बलिउड सेलेब्सले पनि आफ्नो परिवारसँग मनाउने गर्छन । पछिल्लो समय बलिउडमा विवाहको लहर नै चलेको छ भन्दा पनि फरक नपर्ला । त्यसैले सेलेब्सहरु तयारीमा जुटिसकेका छन् । बलिउडमा केहि जोडीले यसपटक सँगै दीपावली मनाउने भएका छन् । आउनुस , यसैको बारेमा हामी जानकारी दिदैछौ । रनबिर कपुर र आलिया भट्ट : पछिल्लो समय रनबिर र आलियाको विवाहको चर्चा पनि चल्ने गरेको छ । यी दुई प्रेममा छन् , यो प्रस्टीसकेको छ । यी दुईको प्रेमलाई लिएर परिवार पनि सहमत भइसकेका छन् । यी दुई पनि केहि फिल्ममा स्क्रिन शेयर गर्दैछन् भने चाडै नै विवाह गर्ने तयारीमा समेत छन् । प्रेममा रहेको यो जोडीले पहिलो दीपावली परिवारसँग सेलिब्रेट गर्ने भएका छन् । रनबिरको नाम दीपिका पादुकोण र कट्रिना कैफसँग जोडिसकेको छ भने आलियाको नाम पनि सिद्धार्थ मलहोत्रासँग जोडिएको थियो ।

निक जोनस र प्रियंका चोपडा : निक र प्रियंकाको लागि पनि यो दीपावली खास छ । यी दुई यतिबेला विवाहको तयारीमा छन् । त्यसैले यी दुईको परिवारमा पनि चाडको माहोल छ । यी दुईले यस दिपावलीलाई एकसाथ मनाउदैछन् । निक पनि प्रियंकासँग जोडीएसँगै हिन्दु कल्चरमा रमाउन थालेका छन् ।

रणवीर सिंह र दीपिका पादुकोण : रणवीर र दीपिका पनि यतिबेला चाडकै माहोलमा छन् । यी दुईको पनि विवाहको तयारी चलिरहेको छ । यी दुईले एकसाता पछी विवाह गर्दैछन् । आफ्नो प्रेमलाई विवाहको रुप दिन लागेको यो जोडी निकै खुसि छन् । रणवीरले पछिल्लो फिल्म सिम्बाको छायाँकन सकाएर अब केहि समय आफ्नो लागि छुट्याएका छन् ।

कमेन्ट गर्नुहोस्