हिमालको ‘बाजा’ सार्वजनिक (भिडियो)

संगीत । चर्चित गायक हिमाल सागरको नयाँ गीत ‘बाजा’ सार्वजनिक भएको छ । सार्वजनिक डान्सिङ नम्बरमा शब्द अमर थापाको रहेको छ भने यसमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा स्वर मात्र होइन मोडलको रुपमा पनि हिमाल देखिएका छन् । गीतमा प्रियंका कार्की र सुनिल क्षेत्री पनि फिचर्ड छन् । सुनिलकै कोरियोग्राफी रहेको गीतलाई उत्सव दाहालले छायाँकन गरेका हुन् । भरत रेग्मीको सम्पादन रहेको गीतलाइ सुव्रत आचार्यले निर्देशन गरेका छन् । गीतलाई रमाइलो शैलीमा तयार गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्