‘मुगलान’ पुस १० गतेदेखि प्रदर्शनमा आउने

फिल्म । रेहान प्रोडक्सनको ब्यानरमा निर्मित नेपाली फिल्म ‘मुगलान’ आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण टोलीले सोमबार फिल्मको पहिलो लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण पहिरनमा प्रस्तुत गरिएको छ ।

पोस्टरमा प्रभात बाँसुरी बजाउन लागेको र स्मारिका लजालु मुद्रामा देखिएकी छन्, जसले उनीहरूबीचको प्रेमकथालाई संकेत गर्छ । पोस्टरले नेपाली गाउँ–समाज र परदेशको पृष्ठभूमिमा आधारित कथा झल्काउँछ।फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

फिल्मको लेखन र निर्देशन आशिष ढकालले गरेका छन् भने गोमन सिंह निर्माता र रिता चौधरी सह–निर्माता छन्। सम्पादन तारा थापा ‘किम्भे’ले, द्वन्द्व निर्देशन जय बिष्ट र राम गुरुले, पाश्र्व संगीत रिदम कँडेलले र कोरियोग्राफी देबेन्द्र कुँवरले गरेका छन् ।

छायांकन अजय रेग्मीको छ।संगीत किरण भुषालको छ भने शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) को स्वर छ। गीत रचना आशिष ढकाल, सृजना लम्साल र हरि गिरीले गरेका छन् । निर्माण टोलीका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथालाई उजागर गर्छ । फिल्मको वितरणको जिम्मेवारी आर आर फिल्म्सले लिएको छ ।

कमेन्ट गर्नुहोस्