कीर्तिपुर सिनेप्लेक्सको दोस्रो अडिटोरियम सञ्चालनमा

फिल्म । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्सको दोस्रो अडिटोरियम सञ्चालनमा आएको छ । कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल फिल्म सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो अडिटोरियम आजदेखि सञ्चालनमा आएको बताए ।

उनले भने, ‘हलको सङ्ख्या थपिँदा मनोरञ्जनसँगै रोजगारी सिर्जना भएको छ । यसले स्थानीय पर्यटन प्रवर्द्धन र फिल्म व्यवसायमा समेत टेवा पुर्याउँछ। सरकारले देशभरका फिल्म भवन सञ्चालकको हितमा थप गतिविधि र प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ ।’

उनले नयाँ अडिटोरियममा बार्को प्रोजेक्टर, पल्सको ७.१ साउन्ड सिस्टम, सुविधासम्पन्न सिट र थ्रीडी प्रविधि जडान गरिएको जानकारी दिए । यसअघि सञ्चालनमा रहेको पहिलो अडिटोरियममा २८५ सिट छन् ।

कमेन्ट गर्नुहोस्