‘जिरो’ असफलतापछी शाहरुखले गरे नेक्स्ट शुटिङ ‘प्रि-पोण्ड’

फिल्म । बलिउडका बादशाह भएर चिनिने शाहरुख खानको पछिल्लो समय ठीकठाक चलेको छैन । उनका फिल्मले रेकर्ड बनाउने कुरा त छाडौ , सफलता समेत पाउन सकेको छैन । पहिलो दिनमै रेकर्ड तोड बिजनेस गर्ने उनका फिल्मले पछिल्लो समय सय करोड कल्बमा पनि मुस्किलले स्थान पाउन थालेका छन् । उनको पछिल्लो फिल्म ‘जिरो’ पनि बलिउडमा असफल रह्यो । प्रदर्शनको दुईसाता पार गरिसक्दा पनि फिल्मले सय करोड पुर्याउन सकेन् । त्यसकारण पनि शाहरुख नेक्स्ट प्रोजेक्टमा छिटै जुटेका छन् ।

उनले नेक्स्ट प्रोजेक्ट राकेश शर्माको बायोपिक गर्दैछन् । इन्डियाका पाइलटसगै अन्तरिक्ष यात्री समेत रहेका राकेशको जीवनीमा बन्ने फिल्मको लागि शाहरुख अगाडी आमिर खानलाई अफर गरिएको थियो । तर आमिरले उक्त भूमिकाको लागि मेकर्सलाई शाहरुखको नाम सुझाएका थिए । त्यसपछि निर्माता सिद्धार्थ रोय कपुर र निर्देशक महेश मथाईले उनलाई साइन गरेर शुटिङ डेट तय गरेका थिए । साइनको समयमा शाहरुखले आउदो मे बात फिल्मको सेट ज्वाइन गर्ने बताएका थिए । तर अब फिल्मको शुटिङ मे सम्ममा लगभग सकिने भएको छ । शाहरुखले फेब्रुअरीमा नै सेट ज्वाइन गर्ने बताएका छन् । (एजेन्सी )

कमेन्ट गर्नुहोस्