युकेमा जोनको ‘पागलपंती’

फिल्म । बलिउड अभिनेता जोन अब्राहम यतिबेला युके पुगेका छन् । उनि युके फिल्म ‘पागलपंती’ को छायांकनको लागि पुगेका हुन् । उनिसँगै फिल्ममा उर्वसी रौतेला पनि छिन् । उर्वसीले इन्स्टाग्राम मार्फत फिल्मको छायाँकन सुरु भएको जनाएकि छिन् । फिल्मको छायांकन युकेबाट सुरु भइसकेको छ । यसवर्ष जोनले थुप्रै फिल्ममा अभिनय गरेका छन् ।

उनले कमेडी , एक्सन , सोसल ड्रामा लगायतका फिल्मलाई क्रमबद्ध रुपमा गर्दै आएका छन् । अनिस बाज्मीको निर्देशनमा तयार भइरहेको फिल्ममा उनलाई एक्सन र कमेडी गर्दै गरेको दर्शकलले देख्नेछन् । ‘म यसवर्ष फरक फरक फिल्म मार्फत दर्शक माँझ आउदै छु’ जोनले भने ‘म आफैलाई पनि यो वर्ष एक्सपेरिमेन्ट गरिरहेको छु ।’ फिल्ममा जोन र उर्वसीसँगै इलियाना डीक्रुज , पुलकित सम्राट , अरसद वारसी , कृति खर्वान्डा , सौरभ सुकला लगायतको अभिनय रहेको छ । यसै वर्ष जोन अभिनित वाट्ला हाउस र रोमियो अकवर वाल्टर पनि प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्