सुनिशा र अर्जुनको ‘धनले होइन मनले’ सार्वजनिक (भिडियो)

संगीत । गीतकार अर्जुन रत्न भिकारीको शब्दमा तयार भएको गीत ‘धनले होइन मनले’ सार्वजनिक भएको छ । भाइबस क्रिएसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा अर्जुन र सुनिशा बजगाईको अभिनय रहेको छ । धनले होइन मनले मान्छे धनि हुन्छ भन्ने संदेश दिने गीतमा वर्तमान अवस्थालाई चित्रण गरिएको अर्जुनले बताए ।

‘गीतको शब्द मार्फत एउटा कथा भन्ने प्रयास गरेको छु’ उनले भने ‘गीतले माया प्रेम र दायित्वलाइ वर्णन गर्छ ।’ गीतमा लोकप्रिय संगीतकार सुनिल मास्केको संगीत रहेको छ भने यसमा सुरज थापाको स्वर रहेको छ । ‘गीतलाई केहि समय दिएर नै तयार गरेका छौ’ सुनिलले भने ‘शब्द अनुसार कम्पोज गर्नु पर्ने थियो , एउटा आफैलाई मन पर्ने राम्रो गीत बनाए जस्तो लाग्छ ।’ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतले पाएको प्रतिक्रियाले आफु निकै खुसि भएको सुरजले बताएका छन् ।

यो गीत ‘पञ्चामृत’ एल्बममा संग्रहित छ । यस एल्बममा अर्जुनको एकल रचना रहेको छ भने सुनिलको एकल संगीत । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने यसमा विकास दाहालको सम्पादन रहेको छ । गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । एल्बमलाई भाइबस क्रिएसनले बजार ब्यबस्थापन गरेको छ ।

कमेन्ट गर्नुहोस्