युवराजले ल्याए गीत ‘किन पीर मान्छौँ’

सङ्गीत । गायक युवराज छन्त्यालले नयाँ गीतको भिडियो रिलिज गरेका छन् । उनले ‘किन पीर मान्छौँ’बोलको गीतको भिडियो रिलिज गरेका हुन् । यस गीतमा उनलाई गायिका देवी घर्तीले गायनमा सघाएकी छन् । गायन युवराजकै शब्द तथा संगीत रहेको यस गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ । मायाप्रेमभावमा झल्काउने यो गीत लोकलयमा रहेको छ ।

यो गीतको भिडियोलाई सुन्दर तरिकाले शिवम पोखरेलले निर्देशन गरेका छन् । उनको निर्देशनमा बनेको यस भिडियोमा नविन सिरिस,सगुन शाही,रेनुका आले,वसन्तराज गौतम लगायतले अभिनय गरेका छन् । उनीहरुले गीतको भाव अनुसारकै अभिनय गरेको देख्न सकिन्छ । सुरज खनाल,राजु घलेले खिचेको यो गीतको भिडियोको सम्पादन सरोज शाहीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्