‘काभ्रे घुम्न जाम्’ सार्वजनिक (भिडियो)

संगीत । नेपाली मौलिकपना बोकेको गीत ‘बोल माया’ले २०१८ भरी तहल्का मच्चायो । यो गीतको भिडियोमा फिचर थिए गायक प्रकास सपुत र मोडल अञ्जली अधिकारी । ‘बोल माया’को सफलतापछि यो जोडीको व्यस्तता यति बढ्यो कि लेखि साध्य छैन भन्दा फरक नपर्ला । सपश्चात विभिन्न समयमा विभिन्न गीतमा सँगसँगै देखिएका प्रकाश र अञ्जली पुनः एक पटक एकसाथ आएका छन् । गायक गोविन्द तिमिल्सिनाको पछिल्लो गीत ‘काभ्रे घुम्न जाम्’ बोलको गीतमा प्रकाश र अञ्जलीलाई एकसाथ कम्मर मर्काउँदै गर्दा देख्न सकिन्छ ।

शुक्रबार युट्युवमा रिलिज गीतको भिडियोलाई स्मृति तिमिल्सिनाले ‘गुरुआमा’ले निर्देशन गरेकी छिन् भने स्वर गोविन्दसँगै टिका पुनःको छ । शब्द संगीत विष्णु तामाङले भरेका छन् । गीतको सम्पुर्ण छायाँकन काभ्रेमै गरिएको छ । रविन बजगाइँले क्यामेरा चलाएका छन् । प्रकाश धमलाको सम्पादन रहेको गीतको भिडियो एलआरएस म्युजिक एण्ड फिल्मस् को तर्फबाट बजारमा आएको हो । गायक गोविन्दको पछिल्लो रिलिज गीत ‘ज्यान भुतुक्कै’ले राम्रो चर्चा कमाएको थियो ।

कमेन्ट गर्नुहोस्