दुर्गेशले पललाई किन अफर गरे ‘दुश्मन हेरेको हेर्‍यै’

सङ्गीत । पछिल्लो समय गायक तथा पफर्मर दुर्गेश थापा र उनको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ग्लोबल टेण्डिङमा छ । उक्त गीतमा रहेका केही शब्द दुर्गेशले आफ्नो हार्दिक सम्बन्ध रहेकालाई डेडीकेट गरेको हुनसक्ने अनुमान पनि लगाइएको छ । यसै बीच दुर्गेशले आफूले पल शाहलाई आफ्नो गीतको म्युजिक भिडियोमा अभिनयका लागि ‘अफर’ गरेको बताएका छन् ।

आफ्नो ‘दुस्मन हेरेको हेर्‍यै’ गीतमा सहकार्य गरौँ भनेर भनेको उनले बताए । ‘दुस्मन भनेर भन्ने वातावरण किन दिनु भन्ने कुरा गरेको थिएँ । ऊ (पल)बाट होइन अहिले नगरौँ होला भन्ने कुरा आयो । नगरौँ भनेपछि मैले आफ्नो तरिकाले भिडियो बनाएको हो’, दुर्गेशले भने । उनले फेसबुक म्यासेन्जरमार्फत पललाई अफर गरेको बताए ।

कमेन्ट गर्नुहोस्