फिल्म । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ३३ सेकेण्ड लामो टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ ।छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने फिल्मको मूल कथा रहेको टिजरले प्रष्ट्याउँछ । टिजरका दृश्य र संवादहरु मर्मस्पर्शी छन् । आगामी साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अभिनेत्री मलिका महत गाउँले चरित्रमा देखिएकी छन् ।
यसमा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । यसले प्रदर्शन नहुँदै फिल्म फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ ।