रेश्मा : टिकटकमा स्टार, फिल्ममा फ्लप !

गसिप । केहि समय यता प्रचारप्रसारको बलियो माध्यम टिकटक बनेको छ । नेपाली फिल्मसँगै गीतसंगीतको प्रचारका लागि यसलाई प्रयोग गर्ने गरिएको छ । विशेषत टिकटकमा राम्रो फ्लोअर्स भएकालाई ‘पेड प्रमोसन’ नै गर्न लगाइन्छ । यहि लिस्टमा पर्छिन् , रेश्मा घिमिरे । फिल्मबाट अभिनेत्रीको रुपमा उदाएकी रेश्मालाई टिकटकले स्टार र म्युजिक भिडियोमा मोडल बनायो ।

अर्थात् डेब्यु फिल्म‘यो साइनो मायाको’ प्रदर्शन हुँदा गुमनाम बनेकी रेश्मा टिकटकमार्फत परिचित भइन् । उनले केहि गीतसंगीतको प्रचार समेत गरेकी छिन् । किनकि उनको भिडियोलाई पछ्याउनेको संख्या राम्रै छ । यद्यपि आफ्नै फिल्म ‘अन्तिम संस्कार’ को भने उनले प्रचार गर्न सकिनन् । अर्थात् नत यसको गीतसंगीत नै ‘भाईरल’ भयो नत यसलाई हेर्न दर्शक हलसम्म नै आए ।

पछिल्लो समय टिकटकमार्फत धेरै नयाँ अनुहारले सानो पर्दा र ठूलो पर्दामा मौका पाएका छन् । तर, सित्तैमा हेर्न पाइने अनुहारलाई शुल्क तिरेर हेर्ने जाँगर दर्शले देखाएका छैनन् ।

कमेन्ट गर्नुहोस्