युट्युबमा रूचाइयो ‘पञ्चायत’

फिल्म । २०७४ सालमा प्रदर्शनमा आएको फिल्म‘पञ्चायत’ युट्युबमा सार्वजनिक गरेसँगै दर्शकले मन पराएका छन् । युट्युब ट्रेन्डिङमा रहेको फिल्मले भ्युज समेत राम्रो प्राप्त गरिरहेको छ । यसलाई हेर्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

‘पञ्चायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाल छनौट समेत भएको थियो । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएका थिए। यसलाई विकास बोर्ड बिशेष चलचित्रको पुरस्कृतवापत २ लाख रुपैयाँसमेत पाएको थियो ।

यसमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ ,रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेल लगायतको अभिनय छ । रङ्ग पत्रकार रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् भने गणेश गिरीको प्रस्तुति रहेको छ । निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । शिवम अधिकारीले लेखन तथा निर्देशक गरेका हुन् ।

कमेन्ट गर्नुहोस्