फिल्म । रङ्ग पत्रकार लक्षण सुवेदीले नयाँ फिल्म ‘ठगराज’ घोषणा गरेका छन् । फिल्म पत्रकारितामा लामो समय विताएपछि ‘एउटा साथी’ मार्फत निर्देशनमा डेब्यु गरेका लक्ष्मणले यस फिल्ममा निर्माणसँगै निर्देशन गर्नेछन् । उनले आफ्नो जन्मोत्सवको अवसर पारेर फिल्म घोषणा गरेका हुन् । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्ममा लेखन समेत सुवेदीकै रहनेछ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया संगको सहकार्यमा दिलासा कृयसनको ब्यानरमा निर्माण फिल्मको बारेमा विस्तृत जानकारी केहि समय पश्चात दिने निर्देशक सुवेदीले बताए । चैत्र अन्तिमबाट छायाँकन गर्ने निर्माण टिमको योजना रहेको छ। सामाजिक कथा, जीवनको यथार्थसंग नजिक साथमा कमेडी, लभ र सेन्टीमेन्टको संयोजन फिल्म ‘ठगराज’ मा रहने निर्देशक सुवेदीले बताए।
कमेन्ट गर्नुहोस्












