क्रिसमस रिलिजको तयारीमा ‘पुष्पा’ ?

फिल्म । साउथ इण्डियन स्टार अल्लु अर्जुन अभिनित पछिल्लो फिल्म हो ‘पुष्पा’ । फिल्मको सार्वजानिक टिजरले दर्शकलाई आकर्षित गरिसकेको छ । अल्लुको एक्सन र रश्मिका मन्दनाको सुन्दरतालाई दर्शकले रुचाउने सम्भावना देखाईसकेका छन् । यता अल्लु अर्जुनको क्रेज साउथ इण्डियन फिल्ममा मात्र नभई बलिउडका दर्शक माँझ पनि उस्तै छ । स्ट्याईलिस स्टारको ट्याग पाएका अल्लुले एक्सन , अभिनय र डान्स मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइसकेका छन् ।

सुकुमारको निर्देशनमा तयार भइरहेको फिल्मलाई दर्शकले दुइ भागमा हेर्न पाउनेछन् । अर्थात् फिल्म बाहुबली झैँ दुइ भागमा आउने छ । फिल्मको पहिलो भागलाई यसै वर्ष रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । साथै , अर्को भाग आउँदो वर्ष रिलिज हुनेछ । निर्माण पक्षले फिल्मको रिलिजका लागि तय गरेको डेटहरु कोरोना भाइरसको दोस्रो लहरका कारण प्रभावित बन्यो ।

यसैकारण यतिबेला निर्माण पक्ष अब फिल्मलाई यसवर्षको अन्तिममा रिलिज गर्ने तयारीमा छन् । अर्थात् फिल्म डिसेम्बर २४ अर्थात क्रिसमसको अवसरमा रिलिज हुनेछ । फिल्म प्रति दर्शकको बढ्दो क्रेजलाई मध्यनजर गर्दै निर्माण पक्षले फेस्टिभलको समय लक्षित गरेको हो । फिल्मको एक्सनको लागि पहिलो भागमै ४० करोड छुट्याइएको छ । फिल्मलाई तेलगु र तामिलसँगै मलयालम , कन्नड र हिन्दी भाषामा पनि रिलिज गरिनेछ । फिल्ममा अल्लु र रश्मिकासँगै प्रकाश राज , जग्पति बाबु लगायतको अभिनय रहनेछ । सुकुमारले यसअघि नै अल्लु अर्जुनसँग आर्या र आर्या २ मा काम गरिसकेका छन् । तेस्रो सहकार्य पनि दर्शकले रुचाउनेमा दुवै विश्वस्त छन् ।(एजेन्सी)

कमेन्ट गर्नुहोस्