सलमानको रोजाई दिशा

75 Shares

फिल्म । बलिउडका भाइजान सलमान खानले आफ्नो हिट फिल्म ‘किक’ को सिक्वेलको रिलिज डेट पछी सारेका छन् । फिल्म निर्माता साजिद नाडीयाडवालाले केहि समय आगाडी नै सोसल मिडिया मार्फत फिल्म सन् २०१९ को क्रिसमसमा रिलिज हुने घोषणा गरेका थिए । तर फिल्मको कथा अझै पुरा नभईसकेकोले सलमानले ‘किक २’ अगाडी फिल्म ‘दबंग ३’ रिलिज गर्ने भएका छन् । यसैले गर्दा दबंगको छायांकन पनि सुरु भईसकेको छ । फिल्म ‘किक २’ अब सन् २०२० मा रिलिज हुनेछ । तर मिति भने तय भईसकेको छैन किनकी इदमा ‘इनशाल्लाह’ रिलिज हुने पक्का भएको छ ।

यसका साथै सलमानले फिल्ममा दिशा पटानीलाई कास्ट गर्न समेत निर्माता साजिदलाई आग्रह गरेका छन् । फिल्म भारतमा दिशासंग काम गरेका सलमानले किकको सिक्वेलमा रोल सुहाउने भन्दै निर्मातालाई आघर गरेका हुन् । साथै उनले ज्याक्लिन फर्नान्डिज र दिशाको रोल बराबर राख्न समेत निर्मातालाई आग्रह गरेका छन् । फिल्मको छायाँकन यसै वर्षको अन्त्यसम्ममा सुरु हुनेछ । (एजेन्सी)

Facebook Comments