छायांकन गर्ने तयारीमा मीन

फिल्म । कालो पोथी निर्देशन गरेर नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरमा पुर्याएका निर्देशन मीनबहादुर भामले नयाँ फिल्म ‘चिसो वर्ष’ को छायाँकन वैशाखबाट प्रारम्भ गर्ने भएका छन् । केहि समय अगाडी देखि नै फिल्मको बारेमा सुनिए पनि प्रि-प्रोडक्सनमा लामो समय निर्माण टिमले खर्चेको हो । उनले नयाँवर्षमा फिल्मको छायांकन थाल्न्न धमाधम काम भइरहेको जानकारी दिएका छन् ।

झन्डै पाँच वर्ष अगाडी फिल्म निर्माण हुने घोषणा भएता पनि पर्याप्त बजेट नहुँदा फिल्मको सुटिङ सुरु हुन सकेको थिएन । कान्स, लोकार्नो, एसियन सिनेमा फन्ड, टोरिनो, पुन्टो ल्याब आदिबाट फिल्मले ३ करोडभन्दा बढीको फन्ड जितेको थियो । यसकारण पनि निर्देशक भाम फ्लोरमा जान तयार छन् । ‘चिसो वर्ष’को कथा आफ्ना हराएका श्रीमान खोज्न लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालय लामो यात्रामा केन्द्रित । यात्राकै क्रममा दुवैको जीवनमा आउने परिवर्तन फिल्मको मुख्य सार रहेको मीनले बताउदै आएका छन् ।

विदेशका अन्य ८ निर्मातासँग सहकार्य गरिरहेका मीनले फिल्ममा सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन् । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ ।

कमेन्ट गर्नुहोस्