क्रिसमसमा सलमान भर्सेस रनबीर ?

फिल्म । यसवर्षको क्रिसमसलाइ लिएर विभिन्न फिल्मको नाम अगाडी आइरहेको छ । सलमान खानले आफ्नो फिल्म ‘किक २’ को रिलिज डेट अगाडी सार्दै यसवर्षको क्रिसमसमा ‘दबंग ३’ रिलिज गर्ने सल्लाह वितरकसँग गरिरहेका छन् । संवत उनको फिल्म क्रिसमसमै रिलिज हुनेछ । किनकी केहि समय यता उनले क्रिसमसमा फिल्म रिलिज गरेका छन् । यसैले गर्दा सलमानले फिल्म भारतको छायाँकन सकिएको केहि समयपछी ‘दबंग ३’ को सेड्युल राखेका छन् । सलमानको फिल्म रिलिज हुने समयमा उनका दुश्मन रनबीर कपूर अभिनित फिल्म ‘ब्रह्मास्त्र’ पनि रिलिज हुने तय छ ।

निर्माण पक्षले तय गरेको रिलिज डेट पनि क्रिसमस नै रहेको छ । फिल्मलाई रनबीरकै नजिकका साथि आयान मुखर्जीले निर्देशन गरिरहेका छन् भने फिल्ममा आलिया भट्ट छिन । पछिल्लो समय रनबीर र आलियालाई लिएर विवाहको खबर समेत आइरहेको छ । सलमानकि नजिकको हिरोइन मानिने कट्रिना कैफसँग रनबीरको नाम जोडीए यता सलमानसँग उनको सम्बन्ध राम्रो छैन । त्यसैले पनि रनबीरसँगको सलमानको क्ल्याशलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । अब हेर्न बाकी छ , सलमान भर्सेस रनबीर हुन्छ या आयानले आफ्नो फिल्मको रिलिज डेट सार्छन !

कमेन्ट गर्नुहोस्