‘पुरानो बुलेट’ बाट आशावादी अनुप (भिडियो)

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावलाई समेटेर तयार गरिएको ट्रेलरमा कमेडी, एक्सन, प्रेमलाई समेटिएको छ । फिल्ममा बुलेट राजाको रुपमा अनुप विक्रम शाही देखिएका छन् भने उनको को-स्टारको रुपमा दुइ अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बु रहेका छन् । ट्रेलरमा वर्षालाई बुलेट रानी भनि सम्बोधन गरिएको छ । ट्रेलर हेर्दा निर्देशक भिषण राईले गतिलो प्याकेज लिएर आएको महशुस हुन्छ ।

फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । ‘मैले बुझेको क्यारेक्टरलाई सक्दो न्याय गर्ने कोसिस गरेको छु’ अनुपले भने ‘म कलाकार हु , विभिन्न भूमिकामा रमाउछु ।’ फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् ।

सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’ मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । यसमा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायांकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । फिल्मले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ ।

कमेन्ट गर्नुहोस्