फस्टलुकमा ‘शुभ लभ’

फिल्म । चैत्र १५ लाइ रिलिज डेट तय गर्दै फिल्म ‘शुभ लभ’ को फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनीक पोष्टरमा फिल्मका दुई डेब्यु अनुहार हरिहर अधिकारी र क्रिष्टिन पौडेल फिचर्ड छन् । युवा ज्योतिष हरिहर यसै फिल्म मार्फत अभिनयमा डेब्यु गर्दैछन् । वुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्री प्रदीपकुमार उदय हुन् भने यसलाई पुराना निर्माता तथा निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् । यसमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारहरु पनि मुख्य भुमिकामा छन् । यसमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्