शाहरुखको फिल्ममा सलमान ‘टाइगर’ बन्ने

0 Shares

फिल्म । अन्तत बलिउड अभिनेता शाहरुख खानले फिल्म गर्ने मनसाय बनाएका छन् । आफ्नो पछिल्लो फिल्म’जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुखले सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने फिल्म ‘पठान’ मा अभिनय गर्ने भएका हुन् । यशराज फिल्म्सको व्यानरमा बन्ने फिल्ममा शाहरुखको जोडी दीपिका पादुकोण हुनेछिन् । पछिल्लो समय ‘वार’ निर्देशन गरेका सिद्धार्थले यसपटक पनि एक्सन थ्रिलर फिल्मनै बनाउने तयारीमा छन् ।

यसैबीच फिल्ममा सलमान खानको पनि अभिनय रहने खबर बि-टाउनमा छ । शाहरुखको पठानमा सलमान ‘टाइगर ‘ कै भूमिकामा प्रस्तुत हुनेछन् । उनको १२ दिनको सेड्युल राखिएको चर्चा समेत चलेको छ । यस सम्बन्धि आधिकारिक खबर बाहिर नआएपनि सिद्दार्थले रोहित शेट्टीको ‘कप युनिभर्स’ झैँ टाइगरको क्यारेक्टरलाई पठानमा ल्याउने तयारी गरेका छन् ।

यशराज फिल्म्सका आदित्य चोपडाले शाहरुखको करियरमा सपोर्ट गर्न आग्रह गर्दै सलमानलाई मनाएको खबर समेत बाहिर छ । सलमानले पनि सहमति जनाएको खबर बलिउडमा छ । पठानको कथालाई शाहरुखले पनि रुचाएका छन् । उनले यसलाई आफ्नो कमब्याकको रुपमा सोचेको बताएका छन् । ‘पठान’ मा एक्सन र रोमान्टिक देखिने शाहरुखको अपोजिटमा दीपिका पादुकोण रहनेछिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्