फिल्म । डेब्यु फिल्म ‘बेफिक्रे’रणवीर सिंहसंग किस सीन दिएर चर्चामा छाएकी बलिउड एक्ट्रेस वाणी कपूर पछिल्लो समय ‘वार’ मा देखा परिन् । छोटो भूमिकामा भएपनि अभिनेता ऋतिक रोशनको जोडी बनेकी वाणीको ग्लामरको चर्चा भयो । फिल्म ऋतिक र टाइगर श्राफमा केन्द्रित रहेता पनि वाणीलाई दर्शकले नोटिस गरे । यिनै वाणी अब अक्षय कुमारसंग देखिने भएकी छिन् ।
अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘बेल बटम’मा उनि अभिनेत्रीको रुपमा फाइनल भएकी हुन् । भारतीय मिडियामा आएको खबर अनुसार वाणीले एक हप्ताअघि नै सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छिन् । यसपटक वाणी यशराज फिल्म्स भन्दा बाहिरको व्यानरमा आएकी हुन् । यो वर्षमा छायांकनमा जाने भनिएको फिल्म आउँदो वर्ष सन् २०२१ अप्रिल २ मा रिलिज हुने सेड्युल छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्












