संगीत । चर्चित बलिउड संगीतकार तथा गायक वाजिद खानको निधन भएको छ। ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए । स्वास्थ्यका विभिन्न समस्याहरुसँग जुधिरहेका वाजिदलाई केहि दिन अगाडी मात्र कोरोना भाइरसको संक्रमण भएको थियो ।
‘साजिद-वाजिद’ संगीतकार जोडीका रुपमा चर्चित उनी केहि समय यता मृगौलासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । उनले केही महिना अगाडिमात्र मृगौला प्रत्यारोपण गरेका थिए। साजिद-वाजिदको जोडी बलिउडमा सलमान खान अभिनित सन् १९९८ को ‘प्यार किया तो डरना क्या’बाट डेब्यू भएको थियो । संगीतका अलावा वाजिदले सलमानका लागि गीत पनि गाएका छन्।
कमेन्ट गर्नुहोस्










