‘ब्रेकअप’ जोडी (तस्वीरहरु )

फिल्म । हामी लभमा परेका ‘ब्रेकजोडी’ भन्दा पनि पौष २७ गते रिलिज हुने फिल्म ‘दि ब्रेकअप’मा अभिनय गरेका जोडी आशिरमान डिएस जोशी र शिल्पा मास्केको कुरा गर्दैछौ । यो जोडीको अभिनय रहेको गीत ‘हरपल’ शुक्रबार मात्र सार्वजानिक गरिएको छ । सार्वजनीक समरोहमा उपस्थित यी दुईको मित्रता राम्रै देखिएको थियो । ‘त्यसो त छायाँकनकै क्रम एकै परिवार झैँ या साथी भइन्छ’ आशिरमानले भने ‘हामी मिल्ने साथी हौ ।’ शिल्पाले पनि आशिरसँग काम गर्दा रमाइलो फिल भएको बताइन । ‘हामी नयाँ छौ त्यसैले पनि एक अर्कालाई सपोर्ट गर्दै काम सकेउ’ शिल्पाले टिममा सबै हेल्पफुल रहेको बताइन ।

फिल्ममा आशिरमान र शिल्पासँगै रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन् । हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् । योफिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका छन् । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीनै लेखेका हुन् । फिल्ममा सुरेन्द्र पौडेलले सम्पादन रहेको छ । तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्