अजयकै कारण अविवाहित छिन् तबु ?

फिल्म । बलिउड एक्ट्रेस तबु उमेरले ४८ वर्षकी पुगिसकेकी छिन् । यद्दपी उनि अविवाहित छिन् । उनको सुन्दरताको चर्चा जति हुन्छ , त्यति नै किन विवाह भएन भन्ने चर्चा पनि हुन्छ । तबुले एक अन्तर्वार्ताको क्रममा आफ्नो विवाह नहुनुको कारण अभिनेता अजय देवगन रहेको बताएकी छिन् । बाल्यकालको साथी समेत रहेका अजयलाई तबुले विवाह नहुनुको कारण भने ठट्टाको रुपमा भनेकी हुन् ।

‘स्कुल हुँदै क्याम्पस पनि हामीसँगै गयौं , जहाँ अजयले मेरो वरपर कसैलाई आउन दिएन । त्यसैले अहिलेसम्म मैले जीवनसाथी नै पाइन्’ तबुले भनिन् । पहिलो पटक सन् १९९४ मा विजयपथ फिल्ममा दुवैले स्क्रिन सेयर गरेका थिए । केटा साथीहरुमा सबैभन्दा नजिक अजय नै रहेको उल्लेख गर्दै तबुले यस्तो बताएकी हुन् । उनले अजयसंग हकीकत, रक्षक, दृश्यम र डदे दे प्यार दे मा काम गरेकी थिइन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्