प्राइम अमेजनमा ९ फिल्म रिलिज हुने

0 Shares

फिल्म । भारतमा लकडाउनपछी पनि अवस्था सामान्य नभएपछी निर्माण भएका ठुला स्टारका फिल्महरुले समेत डिजिटल प्लेटफर्म रोज्न थालेका छन् । केहि समय अगाडी प्रदर्शकलाई तनाव थपिने गरि बलिउडका सात ठुला फिल्मले रिलिज घोषणा गरेका थिए । नायक अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब, अजय देवगण र नायक सञ्जयदत्त अभिनित ‘भुज’, नायिका आलिया भट्ट अभिनित ‘सडक २’, नायक अभिषेक बच्चन अभिनित ‘दि बिग बुल’ डिजिटल रिलिज हुने घोषणासँगै प्रदर्शकमा तनाव बढेको थियो । डिज्ने प्लस हटस्टारपछी अब प्राइम अमेजन भिडियोले पनि फिल्म रिलिज घोषणा गरेको छ ।

वरुण धवन अभिनित कुली नम्वर १ , अक्षय कुमार निर्मित दुर्गावती र अजय देवगन निर्मित छलांगसँगै ९ फिल्मको रिलिज घोषणा गरिएको छ । जसमा हिन्दीसँगै तमिल , तेलेगु , मलयालम र कन्नड भाषाका फिल्म पनि छन् । जसको रिलिज यसैवर्ष हुनेछ । जस अनुसार अक्टोबर १५ मा मलयालम भाषाको फिल्म ‘हलाल लभ स्टोरी’ प्रिमियर हुनेछ । यसैगरी अक्टोबरकै २९ तारिखमा कन्नड भाषाको फिल्म भीमा सेना नालामहाराजा प्रिमियर हुनेछ । फिल्म पारिवारिक कथामा आधारित छ ।

यस्तै , अक्टोबर ३० तारिखमा तामिल भाषाको फिल्म सूराराई पोत्तरु प्रिमियर हुनेछ । यसमा लिड कास्टमा सूर्यासँगै परेश रावल र मोहन बाबु छन् । यो एक्सन ड्रामा फिल्म हो । नोभेम्बर १३ मा हिन्दी भाषाको फिल्म छलांग प्रिमियर हुनेछ । फिल्ममा राज कुमार राव , नुसरत वारुचाको अभिनय रहेको छ । यसलाई हंसल मेहताले निर्देशन गरेका हुन् । यसमा भुषण कुमार , अजय देवगन , लभ रंजन र अंकुर गर्गको निर्माण रहेको छ ।

यस्तै , नोभेम्बर १९ मा कन्नड भाषाको फिल्म ‘मान्ने नम्बर १३’ प्रिमियर हुनेछ । नोभेम्बर २० मा तेलुगु भाषाको फिल्म ‘मिडल क्लास मेलोडीज’ प्रिमियर हुनेछ । यस्तै डिसेम्बर ११ मा हिन्दी भाषाको फिल्म ‘दुर्गावती’ प्रिमियर हुनेछ । अशोकको निर्देशन रहेको फिल्ममा भुमि पेड़नेकर शिर्ष भूमिकामा छिन् । यसलाई अक्षय कुमार र भुषण कुमारले निर्माण गरेका हुन् ।

डिसेम्बर १७ मा तमिल भाषाको फिल्म ‘मारा’ रिलिज हुनेछ । यसैगरी वर्षको आँट अर्थात् डिसेम्बर २५ मा वरुण धवन र सारा अलि खान अभिनित फिल्म ‘कुली नम्बर १’ रिलिज हुनेछ । वरुणकै पिता डेविड धवनको निर्देशनमा तयार फिल्मलाइ कमेडी जनरमा राखिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्