दाहाल बोर्ड अध्यक्षमा नियुक्त

फिल्म । निर्देशक तथा निर्माता दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । विगत ६ महिनादेखि रिक्त रहेको बोर्ड अध्यक्ष पदमा मन्त्रीपरिषद्को बैठकले दाहाललाई नियुक्त गरेको हो ।

दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य हुँदै अध्यक्षमा पुगेका हुन् । तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्ड नेतृत्वविहिन भएको थियो ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा, अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिश गरिएको थियो । जसमा, नायक भूवन केसी र संकृतीविद राजेश थापा थिए ।

कमेन्ट गर्नुहोस्