लकडाउनमा नरेशको कविता (भिडियो)

साहित्य । गत चैत्र ११ गते देखि नेपाल लकडाउन छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीलाई रोक्न सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वका अधिकांस देशले लकडाउन गरिरहेका छन् । लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका प्राय घरमै छन् । घरमै रहेका सेलिब्रेटीहरु विभिन्न माध्यमबाट दर्शक तथा श्रोतासँग जोडिरहेका छन् । यसैक्रममा सञ्चारकर्मी नरेश भट्टराई पनि आफ्नो कविताको माध्यमबाट दर्शकसँग जोडिएका छन् । आफ्नो परिचय सञ्चारकर्मीको रुपमा भएता पनि साहित्यमा उत्तिकै रुची रहेको नरेशले बताउदै आएका छन् । गीतकार , कथाकार , मोडलको परिचय बनाइसकेका नरेशले केहि समय अगाडी भ्यालेन्टाइन डेमा आयोजित एक इभेन्टमा आफुलाई कविको रुपमा परिचित गराएका थिए । यद्दपी उनले कविता रचना थालेको झन्डै दुइ दशक भइसकेको छ । ‘नरेश भट्टराई’ नामक आफ्नै च्यानल मार्फत उनले कविता ल्याएका हुन् । लकडाउनले मलाई म पनि कवि हुँ भन्ने देखाउने मौका दिए उनले बताएका छन् । केहि समय अगाडी उनि कविता वाचन गर्ने तयारीमै थिए । इभेन्टमै कविको रुपमा परिचित हुन् लागेका नरेशले पछिल्लो समयको अवस्थालाई मुल्यांकन गर्दै प्रविधिको सदुपयोग गर्दै दर्शक तथा श्रोतासँग जोडिएको बताएका छन् । होस्ट, कलाकार, कथाकार, स्क्रिप्ट लेखक तथा गीतकारको रुपमा परिचित नरेशका ‘न कुनै बन्धन न कुनै परिधि’, ‘तिमी नै हौ’, ‘कति माया’, ‘हे माया’, ‘आफ्नै छायाँले’, ‘जले म जलेँ’ लगायतका गीतहरु चर्चित छन् । सार्वजनिक भएका नरेशका कविताहरु
कमेन्ट गर्नुहोस्