कमेन्ट गर्नुहोस्
‘चारका पञ्चनामा’ निरिषा

फिल्म । कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिषाले नेपाली फिल्म अगावै भारतीय सिरियल ‘चन्द्रनन्दिनी’ मा टाइटल रोल निर्वाह गरिन् । भारतीय सिरियलमा काम गरेपछि निरिषाले नेपाली फिल्म ‘जानी नजानी’ मा काम गरिन् । मुम्बईमा बसेर संघर्ष गरिरहेकी निरिषाले जानी नजानीमा भने मीराको भूमिका मार्फत दर्शकसामु प्रस्तुत भइन् ।
मुम्बईमा बसेर संघर्ष गरिरहेकी निरिषाको काम र उनको ‘कन्फिडेन्ट’ लाई रुचाइयो । फिल्मले व्यावसायिक असफलता बेहोर्नु पर्दा फिल्म र यसमा जोडिएका कलाकार तथा प्राविधिकको काम चर्चा भएन । तर , फिल्म हेरेका अधिकांस फिल्मकर्मी तारिफ गरेका थिए । ‘जानी नजानी’ पछी निरिषाले पुनः भारतीय सिरियलमा काम गरेकी छिन् । उनले ‘चारका पञ्चनामा’ नामक सिरियलमा काम गरिरहेकी छिन् , जुन छिटै प्रसारण हुनेछ ।
सिरियलमा लिड रोलमा रहेकी निरिषाले सितोम्भी थापाको भूमिका निर्वाह गरेकी छिन् भने यसमा रवी भाटिया , सोनाली सुदन , प्रिया पौल र स्वेता लगायातका कलाकारको अभिनय रहनेछ । भी – रक ड्याडीको प्रोडक्सनमा निर्माण भइरहेको सिरियललाई एक सय एपिसोडसम्म हेर्न पाउँनेछन् । ‘सिरियल ब्रोडकास्ट हुने च्यानल र डेट छिटै घोषणा हुँदैछ’ निरिषा भन्छिन् ‘सक्दो मेहनत गरेकी छि , आश छ पर्दामा देखिनेछ ।’उनि सिरियलमा रवीको अपोजिटमा देखिने छिन् ।