फिल्म हिट भयो भन्दा करण बने ट्रोल

22 Shares

फिल्म । पछिल्लो समय बलिउडका मेकर करण जोहर सफलता तीर अग्रसर छन् । उनको व्यानरमा निर्माण पछिल्लो फिल्म कलंक र स्टुडेन्ट अफ द इयर २ ले बलिउडमा राम्रो व्यापार गर्न सकेन । यी दुइ फिल्मको व्यावसायिक असफलताको कारण नै विषयवस्तु हो । तर , करणले स्टुडेन्ट अफ द इयर २ लाई सफल भन्दै ट्विट गरे ।

उनले पहिलो हप्ता राम्रो कमाइ गरेको मेन्सन गरे । उनले ट्विट गरेपछि उनि ट्रोल बनेका छन् । फ्लप फिल्मलाई जबर्जस्ति हिट भनिएको भन्दै दर्शकले करणलाई मेन्सन गर्दै बेबकुफ नबनाउन आग्रह गरेका छन् । सबैले करणले फिल्ममा ग्ल्मार राखेपनि कथा भने राख्नु विर्सेको लेखेका छन् । फिल्मले पहिलो हप्तामा ६० करोड पनि ग्रस गर्न सकेन ।

फिल्ममा लिड एक्टर टाइगर श्राफ स्टुडेन्ट अफ द इयर बन्न लागिपरेका छन् । उनको एक्सन र फाइटलाई पनि कलेज लाइफमा जोडिएको छ । यसको पहिलो भागलाई कारण जोहरले निर्देशन गरेका थिए भने उनले यसको सिक्वेल निर्देशनको अभिभारा पुनित मलहोत्रालाई सुम्पेका थिए । स्टुडेन्ट अफ द इयर मार्फत बलिउडमा वरुण धवन , सिद्धार्थ मलहोत्रा र आलिया भट्ट जस्ता प्रतिभा भित्रिएका थिए । यसैले गर्दा पनि सिक्वेललाई लिएर आश बढी नै छ । यसफिल्म मार्फत अनन्या पाण्डे र तारा सुतारियाले डेब्यु गरेका छन् ।

Facebook Comments