फिल्म । दर्शकले निकै रुचाएको दुइ कलाकार राजकुमार राव र प्रियंका चोपडा वेब सिरिजमा एक साथ् देखिने भएका छन् । पछिल्लो समय हलिउडमा रमाईरहेकी प्रियंका अभिनित एक बलिउड फिल्म रिलिजको तयारीमा छ । तर , यतिबेला प्रियंका र राजकुमारलाई सँगै देख्ने पाउने भएपछी फ्यान निकै उत्साहित छन् । यी दुइले समाजिक सञ्जाल मार्फत नै आफुहरु एकसाथ देखिन लागेको जानकारी दिएका हुन् ।
‘द व्हाइट टाइगर’ नाम रहेको वेब सिरिजलाई दर्शकले नेटफ्लिक्समा हेर्न पाउनेछन् । यी दुइनै सँगै देखिने कुरामा उत्साहित छन् । अरविन्द अडिगाद्वारा लिखित नोभेल ‘ड व्हाइट टाइगर’ मै आधारित रहेर सिरिज निर्माण हुनेछ ।
यसमा राजकुमार सानो गाउमा बस्ने एक चियावाला हुन्छन् । उनले आफ्नो मेहनत र परिश्रमले आफुलाई शारमा बिजनेसम्यानको रुपमा परिचित गराउछन् । यसपछि उनको लाइफमा प्रियंकाको इन्ट्री हुन्छ । त्यसपछि आउने उतारचढावलाई यसमा देखाइनेछ । यसमा रमिन बहरानी, मुकुल देवड़ा , आदर्श गौरव पनि देखिनेछन् भने यसको छायाँकन यसैवर्षको डिसेम्बरबाट सुरु हुनेछ । प्रियंका यस वेब सिरिजकी एक्जीक्युटिभ प्रोड्युसर पनि हुन् ।










